भारतमा ३ लाख ४२ हजार कोरोना संक्रमित थपिए, ३ हजार ९ सयको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ १, शनिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ १, काठमाण्डौ । भारतमा कोरोनाको दोस्रो लहरको कहर केही कम भएको देखिएको छ तर अवस्था अहिले पनि चिन्ताजन नै रहेको छ । पछिल्लो २४ घन्टामा भारतमा ३ लाख ४२ हजार ८९६ कोरोना संक्रमित थपिएका छन् भने ३ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ। राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा ८ हजार ५ सय ६ संक्रमित थपिएका छन् ।

त्यस्तै संक्रमण पुष्टि हुनेको संख्याभन्दा निको हुनेको संख्या बढी भएको सरकारले जनाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार मुलुकभर दैनिक संक्रमित हुनेको संख्या तेस्रो दिन पनि संक्रमितको संख्याभन्दा बढी देखिएको हो । शुक्रबार ३ लाख ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस