भारतमा २४ घण्टमा ३ लाख ११ हजार १७० मा संक्रमण !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ ३, सोमबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाडौं । भारतमा कोरोना संक्रमणको दरमा केही कमी आएको छ । दैनिक ४ लाखको हाराहारीमा संक्रमण हुँदै आएको भारतमा पछिल्लो हप्ता यो संख्यामा केही कमी आउन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ११ हजार १७० जनामा कोरोना संक्रमण भएको छ ।

सोही अवधीमा ४ हजार ७७ ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । संक्रमणको संख्यामा केही कमी आए पनि मृत्यु दरमा भने उल्लेख्य कमी आएको छैन । भारतमा हालसम्म कोरोनाका कारण २ लाख ७० हजार २८४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ करोड ४६ लाख ८४ हजार ७७ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस