भारतमा २४ घण्टामा २ लाख ५९ हजार संक्रमित थपिए !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ ७, शुक्रबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाण्डौ । भारतमा कोरोना भाइरसको संक्रमण दर पछिल्लो केही दिन यता घट्दो क्रममा रहेको छ । कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २०९ जनाको मृत्यु भएको छ भने सोही अवधिमा २ लाख ५९ हजार २६९ जना नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म भारतमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ३६५ पुगेको छ । भारतमा हालसम्म कुल संक्रमितको संख्या २ करोड ६० लाख ३० हजार नाघेको छ । भारतमा अहिले पनि ३० लाख ३३ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

हिजो भारतमा २ लाख ७६ हजार २ सय ६१ जना संक्रमित र ३ हजार ८ सय ८० जनाको मृत्यु भएको थियो । भारतपछि ब्राजिलमा संक्रमित र मृतकको संख्या सबैभन्दा धेरै छ । त्यहाँ २ हजार ५ सय २७ जनाको मृत्यु हुँदा ८३ हजार घ सय ६७ जनाको मृत्यु भएको छ । त्यसैगरी अमेरिकामा थप ६ सय ३१ जनाको मृत्यु हुँदा २८ हजार ९ सय १८ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस