स्वदेशमा ‘डमरुको डण्डीबियो’ चलेन् ! अब विदेश प्रदर्शन सुरु गर्ने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ जेष्ठ ३, बिहिबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

जेठ ३,काठमाडौँ । बक्स अफिसमा सोचे अनुरूप इनिसियल कलेक्सन नगरेपनि दर्शकबाट वाहवाही बटुलेको अभिनेता खगेन्द्र लामिछाने स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ ले अब विदेश प्रदर्शन सुरु गर्ने भएको छ ।

बुधवार यो फिल्मको जापान राईट्स ७ लाखमा बिक्री भएको छ । सेभेन समुराई इन्टरनेशनलका प्रतिनिधि राजु लामा र समृद्धी इन्टरटेनमेन्टका प्रतिनिधि अर्थात् फिल्मका निर्माता बिनोद गुरुङले जापान राईट्सको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सेभेन समुराईका एमडी रेशमकुमार डंगोल हुन् ।

शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन सुरु गर्न लागेको यस फिल्मका निर्देशक छेतेन गुरुङ्ग हुन् । खगेन्द्रको कथामा यो फिल्म निर्माण भएको हो । यस फिल्मले शहरमा बसेर पढेको एक युवक डण्डीबियोलाई पूर्नस्थापित गर्न गाउँ पसेको कथा बोल्छ ।

यो फिल्ममा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, आशान्त शर्मा, अंकित खड्का, लक्ष्मी बर्देवा, बुद्धि तामाङ, इंगी होपो सुनुवारलगायतका कलाकारको लिड रोल छ ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेले ‘डमरुको डण्डीबियो’ निर्माण गरेका हुन् । खगेन्द्रले ‘डमरुको डण्डीबियो’ मा एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस