-समय बामे सर्दैन दुधे बालखाको गतिमा न त घर्सिन्छ कछुवाको चालमा नै यो त बायुपंखि घोडाको बेगमा दौडिने गर्छ। बिभिन्न खतरासंग जुध्दै भीषण मोर्चा जित्न हिडेका बिर योद्धाहरु झै अधिर गतिमा।
यदि समयसंगको स्पर्सलाइ नै जिवनको ठुलो लक्ष्य ठानेर परिवर्तनको दिशामा बदल्ने सास गर्न सकिएन भने समयको बदलाब संगै आफु बदलिने भ्रममा चैनको निद्रा सुतियो भने समय सगरमाथाको चुली पुग्दा बगालको खाडीतिर नै कावा खाइरहने हाम्रो सागर छुने यात्रा आंकाक्षाका भारिहरु धेरै छन।
गन्तब्यमा पुर्याउनु पर्ने मनभरिका सपनाहरु अनगिन्ती छन। यथार्थमा बदल्नुपर्ने तर समयको पारबन्दीसंग सबै सबै पुरा गर्नुपर्ने छ। जिम्मेवारीहरु यदि आज को भोली अनि भोलिको पर्सिलाइ साचियो भने ति जिम्मेवारीहरु थुप्रिदै गएर बज्र बनेर बज्रिने छ।
आफ्नै शिरमाथी जति बेला सपना र आंकाक्षाहरु कुरिरहेका हुनेछन गन्तव्य पुग्ने आशामै तर त्यतिखेर समय धेरै टाढा पुगिसकेको हुनेछ। कहिल्यै अनि कहिल्यै नभेटने गरि।
जिन्दगिको यात्रारत रथसङै निरन्तरतामा घटिरहेको छ। अंकित सिमारेखाहरु त्यसै रफ्तारमा बढिरहेको छ ।
अपेक्षाकृत चाहानाका पङ्तीहरु यदि जिवित अबधी लम्बिएको खुशिको उन्मादमा कर्तव्य र जिम्मेवारीलाइ खोकिलामा थन्काएर अट्टाहास मात्र गर्ने हो भने भलै अरुको लागी त नसकिएला तर आफ्नै लागी गर्न नसक्ने हो भने आखिर के नै फरक भयो र ? बिना उपलब्धिको जन्मदिन मनाउनुमा ।
त्यसैले जिन्दगीका जिजिभिसाहरुलाइ अमर र सदाबाहर बनाउन समयको बहाबसँगै देलिनु सिक्नुपर्छ। चुनौतिका पत्रे चट्टानहरु छिचोल्दै गन्तव्य चुम्न सक्नु पर्छ। यात्रारत जिवनमा आधिँबेहरी र हिमपातहरु नाघ्दै सगरमाथाको शिखरमाथी सफलताको झण्डा फरफराउनु अनि निरन्तर अघि बढिरहनु कामना जन्मदिनको, शुभकामना जन्मदिनको।।
धेरै माया अनि ममता तिम्रो लागी हिजोका दिनहरु, आजका दिनहरु र भोलिका दिनहरु ,चाहे जुन सुकै परिस्थिति निम्तियोस कुनै पनि दिन खाली हुने छैनन मायाका बहाबहरु।
जन्मदिन हरेकपल मनाइरहनु तिमि हरेक जन्मदिनमा म उपस्थित हुने छु, चाहे जिवित रहेर होस चाहे मृत आत्मा नै किन नहोस। चाहे तिमि महसुस गर वा नगर तर तिम्रो लागी तिम्रो खुशिको लागी प्रतिबिम्बित खम्बासरी उभिरहनेछु।
उहि यात्री, उहि सहयात्री, उहि तिम्रो आफ्नो मान्छे, उहि सदाबाहार मान्छे १११ तिमिलाइ जिवनमा उत्तर उत्तर प्रगति अनि सक्षमताले भरिपुर्ण होस् कहिले दुख कष्ट आइ नलागोस सधै सधै हर पल हर क्षण खुशिको बहाब चलिरहरोस यो मनदेखिको कामना, निशा तिमिलाइ हरेक जन्मदिन हार्दिक मगँलमय शुभकामना
उहि तिम्रो अभागी माया
शंकर