विवादास्पद अभिव्यक्तिको परिणाम

राष्ट्रपतिका आर्थिक विज्ञ नेपालद्वारा राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ३०, आईतबार (१ साल अघि)
  • १५३ पटक पढिएको
राष्ट्रपतिका आर्थिक विज्ञ नेपालद्वारा राजीनामा

बैशाख ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा.चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । चुच्चे नक्साको विषयमा अभिव्यक्ति दिँदा विवादमा तानिएका उनले राजीनामा दिएका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले डा नेपालले दिएको राजीनामा स्वीकृत गरेको जानकारी दिइन् ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ’, उनको विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस