वीरगञ्जको निषेधाज्ञा आज बिहान ७ बजेदेखि हट्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ५, शुक्रबार (३ हप्ता अघि)
  • ७० पटक पढिएको
वीरगञ्जको निषेधाज्ञा आज बिहान ७ बजेदेखि हट्यो

बैशाख ५,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहानदेखि हटाउने निर्णय गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले गएको वैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस