‘घर-घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १३, शनिबार (१ हप्ता अघि)
  • ९३ पटक पढिएको
‘घर-घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य’

धनकुटा । खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् । आज धकुटास्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै उनले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्‍याउने लक्ष अनुसार तीव्ररुपमा काम भइरहेको बताए ।

उनले भने, “हामी एउटा ऐतिहासिक यात्राको प्रारम्भ गर्दैछौँ । आजको शिलान्यास समारोहले सङ्गुरीगढी गाउँपालिकाका–१ र २ वडाका बासिन्दाहरूका लागि स्वच्छ र गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुवात गरेको छ ।”

मन्त्री यादवले आज शिलान्यास गरिएको आयोजनाले यहाँका बासिन्दाहरूको दीर्घकालीन सपना पूरा गर्ने दिशामा उठाइएको ठोस कदम भएको तथा यसले खानेपानी तथा सरसफाइ सेवाको सहज पहुँच सुनिश्चित गर्नेछ भन्ने आफुले बिश्वास लिएको जानकारी दिए ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच संविधानअनुसारको समन्वयमा योजना निर्माण, कार्यान्वयन र निगरानी गरी जनताको अधिकार सुनिश्चित गर्ने सङ्कल्प रहेको मन्त्री यादवले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस