तीनकुने घटना मुद्धामा आज आदेश सुनाउने तयारी

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २९, बिहिबार (२२ घण्टा अघि)
  • ४९ पटक पढिएको
तीनकुने घटना मुद्धामा आज आदेश सुनाउने तयारी

जेठ २९, काठमाडौं । चैत १५ गते भएको तीनकुने घटना मुद्धामा काठमाडौँ जिल्ला अदालतले आदेश सुनाउने तयारी गरेको छ । न्यायाधीश धु्रवराज कार्कीको इजलासमा जेठ २० गतेदेखि निरन्तर भइरहेको थुनछेक बहस आज सकिएसँगै अदालत फैसला सुनाउने तयारीमा जुटेको हो ।

सरकारी वकिल कार्यालयले मुख्य आरोपी दुर्गा प्रसाईं सहित ६१ जनाविरुद्ध मुद्दा दायर गरेकोमा हालसम्म ३९ जना हिरासतमा छन् । ११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएकोमा उनीहरु धरौटी बुझाएर रिहा भइसकेका छन् ।

प्रसाईंसहित आठ जनालाई भने राज्यद्रोह, कर्तव्य ज्यान र संगठित अपराधको समेत मुद्दा लगाइएको छ । सोही मुद्धाका प्रतिवादी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलसम्सेर राणा भने हिजो र आज दुबै दिन अनुपस्थित रहेका अदालत प्रशासनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस