वर्षाले अवरुद्ध १० सडकमध्ये ७ ठाउँको खुल्यो, तीन अझै अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ७, शनिबार (५ घण्टा अघि)
  • ६१ पटक पढिएको
वर्षाले अवरुद्ध १० सडकमध्ये ७ ठाउँको खुल्यो, तीन अझै अवरुद्ध

असार ७, काठमाडौं । बाढी र पहिरोका कारण देशका बिभिन्न स्थानमा अवरुद्ध बनेका १० सडकमध्ये आजसम्म ७ ठाउँको सडकमा यातायात सञ्चालनमा आएको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरक्षिक विनोद घिमिरेका अनुसार तीन स्थानका सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

नवपलरासी बर्दघाट सुस्तापूर्वको विनयी खोलामा डाइभर्सन बगाउँदा अवरुद्ध सडक अझै अबरुद्ध छ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ जङ्डाँडामा पहिरोले अबरुद्ध घोराही–रुकुम सहिदमार्ग पनि सञ्चालनमा आउन सकेको छैन ।

पहिरोकै कारण पाल्पाको तिनाउ नगरपालिका ३ सुरुङमार्ग स्थित सिद्धार्थ राजमार्ग पनि सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ । ती सडकहरु खुलाउने प्रयास भने जारी रहेको प्रवक्ता घिमिरेले बताए ।

ललितपुरको बागमती गाउँपालिकामा अवरुद्ध कान्ति लोकपथ ,धनकुटाको साँगुरीगढी गाउँपालिकाको सडक, नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङ्टारको सडक, कालिगण्डकी करिडोर र म्याग्दीको बेनी–जोमसोम सडक सञ्चालनमा आएको छ ।

गुल्मीमा अवरुद्ध कालिगण्डकी करिडोर पनि पहिरो पन्छाएर खुलाइएको प्रहरीले जनाएको छ । तर पहिरो खस्ने क्रम भने जारी रहेकोले पूर्ण रुपमा संचालनमा समस्या छ । जुम्लामा अवरुद्ध जुम्ला–मुगु सडक, डोल्पामा बाढीका कारण अवरुद्ध भेरी करिडोर पनि एकतर्फी खुलाइएको र दुईतर्फी खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस