सरकार र सेनाबीच दूरी बढ्दै, यस्तो छ कारण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र ११, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत ११, काठमाडौँ । पछिल्लो समय सरकार र नेपाली सेनाबीच दूरी बढ्दै गएको छ।

सरकारले एकपछि अर्काे गर्दै सेनासँग सल्लाह नै नगरी सेनालाई समेत दीर्घकालीन रूपमा असर पर्ने विषयमा निर्णय लिन थालेपछि सेना सरकारसँग रुष्ट भएको हो।

सैनिक उच्च स्रोतका अनुसार नेपालमा सम्पन्न बिम्स्टेक बैठकपछि भारतमा हुने भनिएको संयुक्त सैन्य अभ्यासमा जानबाट सरकारले सेनलाई रोक्नु, सीके राउतसँगको सहमति हुँदै नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथिको प्रतिबन्ध, प्रधानमन्त्रीले नै सेना परिचालन गर्न सक्ने गरी कानुन संशोधन गर्न गरिएको प्रस्ताव र पछिल्लोपटक तोकिएको मर्यादाक्रममा विषयमा सेना सँगको रुष्ट छ।

‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा प्रधानमन्त्रीलाई नै सेना परिचालनको एकल निर्णय गर्ने अधिकार प्रस्ताव गरिएको भने सो विधेयकमाथि संसदीय समितिमा छलफल जारी छ।

ताजा अपडेट

खोजी गर्नुहोस