बैशाख ३०,काठमाडौँ । समाजवादी पार्टीले अन्तवार्ता प्रकरणमा आफ्ना नेतामाथी दुव्यर्वहार भएको भन्दै घोर आपत्ती जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले लाइभ अन्तर्वार्ताका क्रममा पत्रकार आचार संहिता विपरीत सोधिएका प्रश्न र संचारकर्मीको अभद्र एवं पूर्वाग्रही प्रस्तुति भनेको छ । विज्ञप्तीमा भनिएको छ, ‘पत्रकारिता जगतको नै मानमर्दन हुने गरी अपमानजनक एवं बदनियतपूर्ण ढंगले उपप्रधानमन्त्री यादवमाथि भएको यस्तो दुव्यर्वहारको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौं । यस घटनाप्रति दुःख व्यक्तगर्दै सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं । ‘
विज्ञप्तीमा ‘आइतबार राति एभिन्यूज टेलिभिजनको कार्यालयमा भएको दुःखद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी पंक्ति एवं आम कार्यकर्ताहरुलाई निर्देशन गर्दछौं ‘भनिएको छ । पार्टीले पत्रकारिताको आचरण विपरीतका प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन संचार गृह, संचारकर्मी र प्रेस काउन्सिल सहित मिडियालाई नियमन गर्ने सम्पूर्ण निकायहरुलाई अपिल गरेको छ ।