मदन भण्डारी स्मृति दिवसको दिन वाईसिएल र युवासंघको एकिकरण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ जेष्ठ १, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ १,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका युवा संगठनहरुको एकिकरणको काम दुई दिनभित्र टुंगो लगाइने घोषणा गरेका छन ।

अध्यक्ष दाहालले जनवर्गीय संगठनहरुको एकिकरणको कामलाई पनि २ दिन भित्र सम्पन्न गर्न आफूले जोड दिएको पनि स्पष्ट पारे। उनले मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टीका सबै जनवर्गीय संगठनहरुको एकिकरणको काम सम्पन्न हुने गरी बिहीबार बिहान पार्टीको सचिवालयको बैठक बोलाइएको पनि जानकारी दिए ।

युवा संघ, नेपालको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मदन भण्डारी स्मृति दिवसको दिन युवा संगठनहरुको एकिकरण भने हुने घोषणा पनि गरे। अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले पार्टीका नेताहरु केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको भन्दै यसो गर्देगर्दा आफुलाई अस्थिरता वा गज्जव के भन्न हुने भनेर प्रश्न समेत रगेका थिए । उनले आफूले केही गर्न खोजेको उल्लेख गर्दै पार्टीका नेताहरुको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस