विप्लब माओवादीको बन्दका कारण देशभर जनजिवन प्रभावित ! जताततै बम भेटिएपछि सर्वसाधारण आतंकित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ जेष्ठ १३, सोमबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । विप्लब माओवादीले गरेको बन्दका कारण देशभर जनजिवन प्रभावित भएको छ । राजधानी लगायत देशका विभिन्न ठाँउमा राखिएको बम आतंकले सर्वसाधारण निर्धक्क बाहिर निक्लन समेत समस्या भएको छ । राजमार्ग लगायत देशका विभिन्न सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन् ।

विप्लव माओवादीले बिहानै मकवानपुरको हेटौडा,थाहा नगरपालिका,धादिङको महादेववेशी र भक्तपुरमा समेत बम राखेको थियो । आईतबार साँझ समेत उनिहरुले विभिन्न ठाँउमा राखिएको बम सेनाले डिस्पोज गरेको थियो ।

आईतबार नै सुकेधारा,घट्टेकुलो,चन्द्रागिरी लगायतका ठाँउमा बम फिस्फोट भएको थियो । जसका कारण ४ जनाले ज्यान गुमाएका थिए भने ८ जना घाईते भएका थिए । सोमबार विहानै देखी विप्लवले राखेको बमका कारण सर्वसाधरण आतंकित भएका छन । बारामा समेत माओवादीले ट्रकमा आगजनी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस