लोक सेवा आयोगको कर्मचारी भर्ना तयारीमा समाजवादी पार्टीको आपत्ती

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ जेष्ठ २१, मंगलबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ २१,काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका लागि भनेर करिव ९ हजार भन्दा वढी कर्मचारी भर्ना सम्बन्धि विज्ञापन सूचना प्रकाशित गरेको प्रति समाजवादी पार्टीले नेपालले गंभीर ध्यानाकर्षण भएको बताएको छ ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले यसभन्दा अगाडि लोक सेवा आयोगले एकैपटकमा यतिका धेरै संख्यामा पदपूर्ति गर्ने गरी कहिल्यै सूचना निकालेको थिएन भन्दै स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका कर्मचारीको पदपूर्ति प्रदेश लोक सेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुँदाहुँदै संघीय लोक सेवा आयोगले समानुपातिक र समावेशिता समेतको संवैधानिक र कानुनी दायरा भन्दा बाहिर गएर स्थानीय तहका कर्मचारी भर्ना गर्ने तयारी गरेपछि समाजवादी पार्टीले आपत्ती जनाएको हो ।

कानुन विपरित स्थानीय तहका लागि भनेर निकालिएको कर्मचारी भर्ना सम्बन्धि सूचना अविलम्ब फिर्ता लिएर संघीयताको भावना र मर्मलाई सुरक्षित गर्ने कार्यमा लोक सेवा आयोगले सहयोग पु¥याउन पनि समाजवादी पार्टी अपिल गर्दछ । विज्ञप्तीमा भनिएको छ ।

पार्टीले संविधान विपरित गैर कानुनी कार्यहरु रोक्न र कुनै पनि निकाय वा अंगहरुबाट त्यस प्रकारको कानुन विपरितका काम कार्वाही हुन नदिने तर्फका कदम चाल्नका लागि पनि समाजवादी पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस