भाद्र १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग पछिल्लो कामका बारेमा जानकारी लिएका छन् । स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले मंगलबार दिउसो छलफल गरेका हुन् ।
सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधि मार्फत आज दोस्रो चोटी आफ्नो क्याविनेटका सदस्यहरूसंग सरकारका कामको बारेमा छलफल गरे। उनले आफ्नो उपचारबारे जानकारी दिएका थिए भने मन्त्रीहरूले पनि आ–आफ्नो कामकाबारे प्रधानमन्त्रीलाई अपडेट गराएका थिए ।
नेपाली समय अनुसार दिउसो एक बजेर १० मिनेटमा शुरु भएको ब्रिफिङ करिव डेढ घण्टासम्म चलेको थियो । प्रधानमन्त्री ओलीले जनपक्षिय कामलाई प्राथमिकता दिन निर्देशन समेत दिनुभएको थियो । सोमबारमात्र छैठौ पटक प्लाज्मा फेरेसिस गरिएको थियो । उनको भोली सातौं पटक गरेपछि शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।