भाद्र १७,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाले महिला संघ डडेल्धुराकी सभापतीलाई बिनाकारण हटाउने निर्णय तत्काल फिर्ता लिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन। जारी कांग्रेस केन्द्रिय समिती बैठकमा बोल्दै डा. कोईरालाले स्पस्टीकरण समेत नसोधी अधिवेशन गर्न नसकेको भन्दै हटाएर पार्टीभित्र गलत नजिर बसाउँन खोजेको बताएका छन।
‘केन्द्रिय अधिवेशन गर्न नसक्ने कतीजना सभापतीहरु छन्। त्यसो भए तिनलाई चाहीं किन नहटाएको ? डा कोईरालाले भने-‘सभापतीजी तुरुन्तै महिला संघकी केन्द्रिय अध्यक्षलाई डडेल्धुरा अध्यक्ष माथीको कारबाही फुकुवा गर्न आदेस दिनोस’
डडेल्धुरा महिला संघको घट्नाले देशभरका कार्यकर्तामा निराशा छाएको बताउँदै डा कोईरालाले बिधी, बिधान र पद्दतीबाट पार्टी नेतृत्व नहिंडेकै कारण पार्टी कमजोर हुँदै गएको बताए। बिनाकारण डडेल्धुरा महिला संघकी अध्यक्षलाई हटाउँने निर्णय कुनै पनी हालतमा मान्न नसकिने जिकिर पनी डा कोईरालाले गरे।
महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मीले बिनाकारण डडेल्धुराकी अध्यक्ष कमला बिष्टलाई साधारण सदस्य पनी नरहने गरी हटाएकी थिइन्।