कांग्रेसमा जागरण : बोल्ने कम सुन्‍ने बढी, माला र खादा निषेध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १९, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र १९, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियानमा ‘बोल्ने कम सुन्ने बढी’ नीति अख्तियार गर्ने भएको छ।

कांग्रेसका औपचारिक कार्यक्रममा धेरै वक्ता हुने र एउटै विषयमा सबैले धारणा राख्दा कार्यक्रम नै पट्यार लाग्ने हुने अवस्थाको अन्त्य गर्न दोस्रो चरणको जागरण अभियानमा ‘बोल्ने कम सुन्ने बढी’ नीति लागू गर्ने भएको हो।

कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गर्दै छ। पार्टीका संस्थापक नेता बी पी कोइरालाको १०६औं जन्म जयन्तको अवसर पारेर कांग्रेसले तीन सय ३० वटा प्रदेश निर्वाचन क्षेत्रमा एकैसाथ जागरण अभियान सुरु गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘हाम्रा पार्टीका कार्यक्रमहरु धेरै लामा र भद्दा हुने गरेको गुनासो अन्त्य गर्न हामीले सकेसम्म कम भन्दा कम वक्तलाई मात्र बोल्ने दिने गरी कार्यक्रम तय गरेको छौं, बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा शर्माले भने, ‘केन्द्रीय प्रतिनिधिहरुले समेत बोल्नेभन्दा सुन्ने काम बढी गर्नेछन्।’

अभियानका लागि पार्टीले ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रबाट प्रतिनिधि पठाउनेछ। पहिलो चरणको जागरण अभियान वैशाख २५ गतेदेखि जेठ २५ सम्म चलेको थियो।

प्रवक्ता शर्माले सबैतिर कार्यक्रमको मोडेल एकै किसिमको बनाउन एक मिनेछभित्र आशन ग्रहण गरिसक्ने, माला, व्याज र खादा लगाउन नपाइने बताए।

ताजा अपडेट

खोजी गर्नुहोस