प्रधानमन्त्री स्वस्थ र नियमित काम गर्नसक्ने अवस्थामा: निजी चिकित्सक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र २०, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित कामलाई निरन्तरता दिनसक्ने जानकारी दिएकी छन्।

सिंगापुरमा उपचार गराएर शुक्रबार फर्केका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे डा. सिंहले शुक्रबार नै विज्ञप्तिमार्फत जानकारी गराएकी हुन्।

डा. सिंहले विज्ञप्तिमा प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एनयूएच) मा पूरा भएको र उनले अब आफ्नो नियमित कामलाई निरन्तरता दिनसक्ने जानकारी दिएकी हुन्। विज्ञप्तिमा उल्लेख छ, ‘हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुन्छ।’

यसअघि साउन १८ मा स्वास्थ्य उपचारका लागि गएर २७ गते फर्कने क्रममा पनि प्रधाननमन्त्रीले आफू ठीक भएको जानकारीमात्र सम्प्रेषण गरेका थिए। यद्यपि चिकित्सकको धारणा भने आएको थिएन। यद्यपि त्यसको केही दिनमै भदौ ५ गते स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गरेका थिए। उनको शरीरमा एन्टिबडी बढी देखिएकाले सात दिनसम्म उनलाई सिंगापुरमा प्लाज्मा फेरेसिस गरिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस