नेवि संघ संयोजकमा ढुंगाना की आचार्य ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ भाद्र २२, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र २२,काठमाडौँ । नेपाली कांग्रेसको विगठित नेपाल विद्यार्थी संघको राष्ट्रिय अधिवेशनका लागि एक बर्षको समयसीमा दिँदै संयोजकका लागि राजीव ढुंगानाको नाम अगाडि सार्ने तय भएको छ ।

कांग्रेस स्रोतका अनुसार संस्थापन पक्ष नजिक रहेका ढुंगानालाई राष्ट्रिय अधिवेशनबाट पार्टीको विधानअनुसारको नयाँ सभापतिलगायतका पदाधिकारी ल्याउनका निम्ति उक्त जिम्मेवारी दिने तयारी भएको हो ।

स्रोतले भन्यो,‘ज्येष्ठता, अवसर बञ्चित भएको नेता, सबैले मान्न सक्ने आधारमा ढुंगानाको नाम अरु भन्दा अगाडि छ ।’

त्यसो त संयोजकका लागि विभिन्न नेताले धेरै विद्यार्थी नेताको नाम अगाडि सारेका छन् । जसमा सहमति हुने सम्भावना न्युन रहेको छ ।

उमेर हदबन्दी विना नै नेविसंघमा नेतृत्व ल्याउने सहमति भएपछि ढुंगानासहित शुभराम बस्नेत, मनोजमणि आचार्य, ऋषिजंग शाह र पुष्पकुमार शाहीको नाम पनि आएको छ । यसमध्ये पनि संस्थापनइतर आचार्यको नाम अग्रस्थानमा रहेको बुझिएको छ ।

यी मध्ये संस्थापनको नजिक रहेका अनि सिनियर मध्येमा पर्छन् ढुंगाना । संस्थापनइतरबाट आचार्यको नाममा सहमति खोज्न सुझाव दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस