भाद्र २२,काठमाडौँ । समाजवादी पार्टी नेपालको प्रचार विभागको उपप्रमुखमा विश्वदीप पाण्डे चयन भएका छन् । आइतबार बसेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारीको बैठकले पाण्डेलाई विभागको उपप्रमुखमा चयन गरेको हो ।
बैठकले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका प्रेस सल्लाहकारको जिम्मेवारी समेत पाण्डेलाई दिने निर्णय गरेको छ । पाण्डे मिडियासँग सु–सम्बन्ध राख्न कुशल मानिन्छन् ।