चीनसँगका आयोजना अघि बढ्ने, सी नेपाल आउने निश्चित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र २४, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २४, काठमाडौं । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत छनोट भएका आयोजना अघि बढाउन चीन सकारात्मक देखिएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई आयोजना अघि बढाउने संकेत गरेपछि नेपाली पक्ष उत्साहित भएको छ।

चीनले यसअघि नेपाली पक्षले बीआरआईमा समेटिने परियोजनाको स्पष्ट खाका नदिएको गुनासो गर्दै आएको थियो । नेपाली पक्षको भने परियोजनामा चिनियाँ पक्षबाट बेवास्ता भइरहेको गुनासो छ।

विदेशमन्त्री वाङले नेपालबाट छनोट भएका परियोजनामा प्रस्ताव अघि बढाउन आग्रह गरेको बताइएको छ । यसअघि नेपालले लैजाने परियोजनामा चीनले कुनै न कुनै रुपमा अड्को थापेको नेपाली अधिकारीहरू बताउँछन् ।

बीआरआई सम्झौता भएको दुई वर्ष चार महिना भइसक्दा पनि परियोजना अघि बढ्न सकेको छैन । यसको म्याद आगामी वैशाखसम्म छ । तीनवर्षे परियोजना सम्झौता २०७४ वैशाख २९ मा भएको थियो । त्यसअन्तर्गत विभिन्न नौ परियोजना चयन भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस