सी चिनफिङ नेपाल आउने पूर्वसन्ध्यामा चीनमा पढ्दै नेकपाका मेयरहरू

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन ६, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन्। पढाइका विषय छन्– चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगीकरण, सहरीकरणलगायत। साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन्।

‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन्। युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ र प्रध्यापकले तिनलाई पढाउने गरेका छन्। कक्षा बिहान र अपराह्न गरी दुई चरणमा दैनिक हुन्छ। कक्षा नभएका बेला चीनको विकास देखाउन स्थलगत भ्रमणमा लगिन्छ।

टोलीमा ७ वटै प्रदेशबाट कम्तीमा ४ जना सहभागी छन्। उनीहरू सबैलाई प्रधानमन्त्री कार्यालयले छानेको हो। उनीहरूलाई विश्वविद्यालयभित्रकै भवनमा बस्ने प्रबन्ध मिलाइएको छ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका भक्तपुरको चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मिश्रले टोलीको नेतृत्व गरेका छन्। प्रधानमन्त्री कार्यालयले नेपालस्थित चिनियाँ दूतावाससँग समन्वय गरी यो अध्ययन भ्रमणमा पठाएको हो।

चिनियाँ राष्ट्रपति सि चिनफिङले असोज अन्तिम साता नेपालको औपचारिक भ्रमण गर्दै छन्। त्यसको पूर्वाद्र्धमा भइरहेका यस्ता प्रशिक्षण कार्यक्रमलाई महत्वसाथ हेरिएको छ। एक महिनाअघि समेत सोही विश्वविद्यालयमा नेपालका स्थानीय तहका १८ प्रतिनिधिलाई चिनियाँ विकासका विविध पक्षबारे प्रशिक्षण दिइएको थियो।

सहभागी जनप्रतिनिधि

मेयर : सञ्जयकुमार तुम्बाहाम्फे म्याग्लुङ नगरपालिका तेह्रथुम

उपमेयर : कमला खतिवडा, अर्जुनधारा नगरपालिका झापा

उपमेयर : चन्द्रमाया श्रेष्ठ, भद्रपुर नगरपालिका झापा

उपमेयर : केशवकुमारी खरेल, रंगेली नगरपालिका मोरङ

मेयर : हरिनारायण महतो, मिथिला नगरपालिका धनुषा

मेयर : रामऔतार यादव, सुखीपुर नगरपालिका सिरहा

मेयर : मनोजकुमार देवकोटा, ईश्वरपुर नगरपालिका सर्लाही

मेयर : मुनी साहु सुदी, लहान नगरपालिका सिरहा

मेयर : वसन्तकुमार मि श्र, कञ्चनपुर नगरपालिका सप्तरी

उपमेयर : श्रवणकुमार यादव, मिर्चैया नगरपालिका सिरहा

मेयर : सोमप्रसाद मि श्र चाँगुनारायण नगरपालिका भक्तपुर

मेयर : भीम न्यौपाने, पनौती नगरपालिका काभ्रे

मेयर : हरिबहादुर महत, हेटौंडा उपनगरपालिका मकवानपुर

मेयर : रामेश्वर श्रेष्ठ, महालक्ष्मी नगरपालिका ललितपुर

मेयर : रेणु दाहाल, भरतपुर महानगरपालिका चितवन

मेयर : रमेश महर्जन, कीर्तिपुर नगरपालिका काठमाडांै

मेयर : डम्बरबहादुर अर्याल, मेलम्ची नगरपालिका सिन्धुपाल्चोक

मेयर : छत्रराज पौडेल, गैंडाकोट नगरपालिका नवलपरासी

अध्यक्ष : खिम थापा, कालिगण्डकी गाउँपालिका स्याङ्जा

मेयर : जनकराज पौडेल, बाग्लुङ नगरपालिका बाग्लुङ

उपमेयर : पम्फा बसेल, पालुङटार नगरपालिका गोरखा

मेयर : सालिकराज अधिकारी, बासगढी नगरपालिका बर्दिया

उपमेयर : माया शर्मा, तुल्सीपुर उपमहानगरपालिका दाङ

मेयर : कुलबहादुर खत्री, लमही नगरपालिका दाङ

मेयर : डिल्लीराज भुसाल, रेसुङगा नगरपालिका गुल्मी

अध्यक्ष : रत्ननाथ योगी, तिला गाउँपालिका जुम्ला

मेयर : जसीप्रसाद पाण्डे, खाँडाचक्र नगरपालिका कालिकोट

मेयर : देवीलाल गौतम, मुसीकोट नगरपालिका पश्चिम रुकुम

उपमेयर : बालकुमारी बस्नेत, नलगाड नगरपालिका जाजरकोट

मेयर : विपिन ओझा, अमरगढी नगरपालिका डडेलधुरा

मेयर : भीमबहादुर देउवा, गौरीगंगा नगरपालिका कैलाली

अध्यक्ष : प्रेमसिंह धामी, नौगाढ गाउँपालिका दार्चुला

उपमेयर : जानकी बम, पुर्चौडी नगरपालिका बैतडी

ताजा अपडेट

खोजी गर्नुहोस