शालिकराम आत्महत्या प्रकरणः अदालत हाजिर भए रवि लामिछाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन ६, सोमबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । चितवन जिल्ला अदातलले पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका वादी प्रतिवादी साक्षीहरुसँग बकपत्र लिन थालेको छ।

बकपत्र सकिएपछि मुद्दाको पेसी चढ्ने छ।

अदालतमा आइतबार पुडासैनीको मोवाइलबाट बरामद गरिएको भिडियोको ल्याब परीक्षण गराउने विज्ञ, पुडासैनीकी श्रीमती सम्झना र जाहेरवाला चितवन प्रहरीका डिएसपी दीपेन्द्र शाहसँग बकपत्र गरिएको अदालतका सूचना अधिकारी रुद्रमणि गिरीले जानकारी दिए।

वादीतर्फ १५ जना साक्षी छन् भने प्रतिवादी तर्फ सातजना साक्षी छन्।

पत्रकार पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्त रवि लामिछाने, युवारज कँडेल र अस्मिता कार्की आइतबार जिल्ला अदालतमा हाजिर भएका छन्।

अदालतले गत ९ भदौमा तीनैजनालाई पाँच असोजको लागि तारिख तोकेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस