असोज ६, काठमाडौं । चीनको विदेश विभागका प्रमुख सङ ताओ आज १२ः२५ बजे काठमाडौं आइपुग्ने भएका छन् । उनी सत्तारुढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालको आतिथ्यतामा नेपाल आउन लागेको नेकपाको विदेशविभागका उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को संयुक्त गोष्ठी (वैचारिक आदान–प्रदान) सोमबारबाट शुरू हुँदैछ । होटल याक एण्ड यतीमा अपराह्न ४ः४५ बजे शुरू हुने वैचारिक गोष्ठीमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले नेकपालाई राजनीतिक, वैचारिक प्रशिक्षण दिनेछ । यद्यपि नेकपाले त्यसलाई ‘वैचारिक आदान–प्रदान’ भनेको छ ।
गोष्ठीका निम्ति चिनियाँ कम्युनिस्ट पार्टीका सङ्गठन विभाग प्रमुख सङ ताओ १२ः४५ बजे काठमाडौं आउने बताइएको छ ।