नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबिच आज सझदारी पत्रमा हस्ताक्षर हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन ७, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ विचारधारा सम्बन्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबिचको सैद्धान्तिक विचार गोष्ठिको दोस्रो तथा अन्तिम दिन मंगलबार विभिन्न शत्रमा छलफल हुँदैछ । तीनवटा शत्रमा विविध विषयमा छलफल हुँदैछ ।

बिहान साढे ११ बजे दुई देशका कम्युनिष्ट पार्टीबिच समझदारी पत्रमा हस्ताक्षेर हुने कार्यक्रम छ । सो समझदारी पत्रका नेपाल कम्यूनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले हस्ताक्षर गर्ने छन् ।

गोष्ठिमा सहभागी हुन चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसहितको टोली आएको छ । विभिन्न शत्रमा हुने छलफल र समझदारीपछि गोष्ठि मंगलबार नै समापन हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस