“मन्चबाट हात उठाएर हामी मिल्यौं भनेर मात्रै पार्टी भित्रको समस्या समाधान र गुटबन्दीको अन्त्य हुँदैन”: नेता कोइराला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन ७, मंगलबार (५ साल अघि)
  • ५५ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेताहरुले मन्चबाट हात उठाएर ‘हामी मिल्यौं’ भनेर मात्रै पार्टी भित्रको समस्या समाधान नहुने र गुटबन्दीको अन्त्य पनि नहुने बताएका छन् ।

उनले नेताहरुको कार्यशैलीमा परिवर्तन नआए सम्म पार्टी भित्रको तिक्तता नमेटिने बताएका छन् । डा. कोइरालाले बिभिन्न निर्वाचनको टिकट वितरणमा पार्टीबाट गल्ती र कमि/कमजोरी भएको स्विकार गर्दै अबका दिनमा कार्यकर्तामाथी कुनै पनि अन्याय हुन नदिने प्रतिबद्धता जनाए।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको समापन कार्यक्रमलाई नुवाकोटको बिदुरमा संबोधन गर्दै डा. कोइरालाले १४औं महाधिवेशन पछी पार्टी भित्रको गुटबन्दी र भागवण्डाको राजनितीको अन्त्य हुने पनि बताए।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बहादुरसिंह तामाङ्, नुवाकोट कांग्रेसका सभापती जगदिश्वर नरसिंह केसी, पुर्व सांसद डा. शोभाकर पराजुली, जागरण अभियानका लागी नुवाकोटका लागी खटिइएका प्रतिनीधीहरु: शिवराज अधिकारी,डा. राजाराम कार्की,जीवन डङ्गोल, र बिनिता अधिकारी, तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्रजंङ् शाही लगायतले मन्तब्य राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस