महत्वपूर्ण संसदीय समितिमा प्रचण्डको उपस्थिति शून्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन ८, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज ८, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संसदीय समितिमा उपस्थिति शून्य रहेको पाइएको छ।

संसदको राज्य व्यवस्था सुशासन समितिमा सदस्य रहेका दाहाल पछिल्ला दुई महिना साउन र भदौमा एक दिन पनि बैठकमा उपस्थित नरहेको पाइएको हो। संसदको पूर्ण बैठकमा लगातार दशवटा भन्दा बढी बैठकमा अनुपस्थित भए पद नै निलम्बन हुने व्यवस्था छ।

पद जोगाउनका लागि अधिवेशनको अन्त्यमा जहिले पनि कुनै न कुनै बहानामा बनाएर सदनबाट अनुपस्थिति अनुमोदन गराउँदै आएका दाहालको मिनि संसदमा उपस्थिति शून्य पाइएको हो।

साउनमा २० र भदौमा ११ वटा बैठक बसे पनि कुनै पनि बैठकमा दाहाल उपस्थित नभएको समितिले उपलब्ध गराएको हाजिरी रेकर्डमा उल्लेख छ। त्यस्तै अरु समितिमा रहेका शीर्ष नेताहरुको उपस्थिति पनि न्यून रहे पनि दाहालको जस्तो शून्य नरहेको संसद सचिवालयले जनाएको छ।

दाहाल असार १ देखि १३ गतेसम्म चलेका दशवटा बैठकमा अनुपस्थित भएपछि असोज २ गते चौथो अधिवेशन अन्त्य गर्दा सभामुख कृष्णबहादुर महराले अस्वस्थ भएको भन्दै अनुपस्थिति अनुमोदन गराएका थिए।

समितिमा कांग्रेसका तर्फबाट सांसद बनेका विनोद चौधरीको उपस्थित पनि ज्यादै न्यून देखिएको छ। चौधरी साउनमा दुई दिन र भदौमा एक दिन पनि समितिमा उपस्थित भएका छैनन्। प्रतिनिधिसभा नियमावलीनुसार लगातार दशवटा बैठकमा अनुपस्थित भएका सदस्यको पद स्वत निलम्बन हुने व्यवस्था छ।

समितिको साउन र भदौमा बसेको बैठकले राज्य सञ्चालनका लागि अत्याआवश्यक पर्ने नागरिकता संशोधन विधेयक, संघीय निजामति संशोधन विधेयकबारे गहन छलफल गरेको थियो भने प्रदेश लोक सेवा आयोगको गठन सम्बन्धी विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रहरी समायोजनसम्बन्धी विधेयक पारित गरेको थियो।

यस्तै समितिमा वर्षाका कारण बाढी र डुबानबाट प्रभावित जिल्लाहरुको स्थलगत निरीक्षण तथा अनुगमनपछि छलफल गरेर सरकारलाई निर्देशन दिएको थियो।

समितिका बहुसंख्यक सदस्यहरुको उपस्थित पनि सन्तोष जनक नै रहेको पाइएको छ। सांसद अमेशकुमार सिंह साउनमा १७, भदौमा १० कृष्णगोपाल श्रेष्ठ साउनमा १९ भदौमा ६, छक्कबहादुर लामा साउनमा १५ भदौमा दश दिन उपस्थित भएका छन्।

त्यस्तै जनार्दशन शर्मा साउनमा १३ भदौमा ३, झपड रावल साउनमा २० वटै बैठकमा उपस्थित भएभने भदौमा ११ मध्ये १० वटा बैठकमा उपस्थित भए। डिला संग्रौला साउनमा १७ भदौमा दश, तिर्था गौतम साउनमा २० भदौमा १० दिन उपस्थित भएकी छिन्।

राजपाका राजेन्द्र महतोको उपस्थित पनि निक्कै कम रहेको छ। उनी साउनमा ६ र भदौमा १ दिन मात्र बैठकमा उपस्थित भएका थिए।

अन्य सांसदहरुको उपस्थिति यस्तो छ


ताजा अपडेट

खोजी गर्नुहोस