कास्की उपनिर्वाचन: नेकपाकी विद्या भट्टराई ९ हजार मतले अगाडि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर १५, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा झण्डै नौ हजार मतले अगाडि रहेकी छिन् ।

पछिल्लो मतपरिणामअनुसार भट्टराईले १९ हजार १ सय ६७ मत ल्याएकि छिन् । यस्तै, कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १० हजार ३ सय ६१ मत प्राप्त गरेका छन् ।

यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङ १ हजार ४ सय ३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस