प्रचण्डको चीन भ्रमण अन्तिम समयमा आएर किन भयो स्थगित ? यस्तो छ कारण!

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर १७, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पूर्वनिर्धारित चीन भ्रमण पछि सरेको छ । प्रचण्ड नेतृत्वमा नेकपाको ५० जना नेता २४ मंसिरमा चीन जाने कार्यक्रम तय थियो ।

नयाँपत्रिका दैनिक लेख्छ, प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थितीका कारण उनको भ्रमण पछि सरेको हो । प्रचण्डले चिनियाँ राजदूत योउ यान्छीमार्फत सोमबार चीन सरकारलाई भ्रमण पछि सार्न आग्रह गरेको संवद्ध स्रोतले जानकारी दिएको छ । नेपाल चाइना मिडिया फोरमको कार्यक्रममा शुक्रबार प्रचण्डले राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा चीन जान लागेको बताएका थिए ।

यसै प्रसंगमा कान्तिपुर दैनिकले लेखेकाे छ, अध्यक्ष दाहालको भ्रमण केही महिनाको लागि स्थगित भएपनि नेकपासहित दलका नेता तथा सरकारी अधिकारीहरु चीन जाने र चिनियाँ अधिकारीहरु नेपाल आउने क्रम भने निकै बढेको छ । यो वर्षभरीमा केन्द्रिय समितिका सबै ४ सय ४५ जनालाई नै चीन पठाएर त्यहाँके विकास, विचार र समाजवादबारे अध्ययन अवलोकन गराउने नेकपा विदेश विभागकाे तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस