एमसीसी सम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक : के-के बिषयमा छलफल भयो ? (हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २०, सोमबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail
माघ २०, काठमाण्डौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ । नेकपाले हिजो आइतबार मात्र पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्व भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहनेगरी एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो ।
कार्यदलको घोषणा भएको भोलिपल्टै आज सोमबार पहिलो बैठक बसेको हो । बैठकमा संयोजक खनालसहित दुई सदस्य उपस्थित थिए । बैठकमा एमसीसी सम्झौतासम्बन्धी के कस्ता सन्दर्भ सामाग्रीहरु अध्ययन गर्ने भन्नेबारेमा छलफल भएको स्रोतको दाबी छ । बिना पूर्वाग्रह विषयबस्तुको गहन अध्ययनपछि मात्र साझा सुझाव बनाउने भन्नेमा तीनै नेता सहमत भएका छन् ।
खनाल नेतृत्वको समितिलाई १० दिनभित्र अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी) सम्बन्धी पार्टीलाई प्रतिवेदन बुझाउन भनिएको छ । यस बैठकमा भिम रावल थोरै समयमात्रै बसेका थिए भने ज्ञवाली ढिलागरि बैठकमा उपस्थित भएका थिए । आज प्रारम्भिक चरणको छलफल भएपनि अब केहि थप अध्ययन गरेर मात्रै अर्को बैठक बस्ने संयोजक खनालले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस