माघ २२, काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको हितलाई केन्द्रमा राखेर अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अघि बढाइने बताएका छन् ।
प्रेस संगठन नेपाल गुल्मीले मंगलवार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले एमसीसीबारे बुझ्दै नबुझेका र अध्ययन नै नगरेकाहरूले अनावश्यक हल्ला गरिरहेको बताए । उनले पहिले अध्ययन गर्न र त्यसपछि मात्र बोल्न सम्बद्ध व्यक्तिहरूलाई आग्रह गरे । गोरखापत्र दैनिकमा खबर छ ।