फाल्गुण ८, काठमाण्डौ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले आगामी शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले शुक्रबार एमसीसीको प्रतिवेदन बुझाउउन लागेको हो ।
कार्यदलका सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा शुक्रबार टुंगो लाग्ने बताए । एमसीसीका विषयमा सत्तारुढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीर्य समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरिहको छ ।