फाल्गुण १०, काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड संसदमा विचाराधीन मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसिसीलाई परिमार्जनसहित पारित गर्ने पक्षमा देखिएका छन् । एमसिसी सम्झौता अध्ययन गरेका बरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले पनि ‘संशोधनविना लागू गर्न हुन्न’ भन्ने प्रतिवेदन शुक्रबार अध्यक्षद्वय ओली र प्रचण्डलाई बुझाइसकेका छन् ।
राष्ट्रको हितमा हुने गरी मात्रै एमसिसी अघि बढाउनुपर्छ भन्ने मत पार्टीभित्र उठेकोले यसअघि कार्यदल बनाएको उनले बताए । राम्रोसँग बुझेर मात्र एमसिसी अगाडि बढाइने उनको भनाइ छ । ‘अमेरिकी टोलीसँग कुराकानी हुँदा प्रधानमन्त्रीजीले नै हामीलाई बिफ्रिङ गर्नुभएको थियो एमसिसी भन्या कुनै बाइबल त होइन । केही पनि चेन्ज गर्न नहुने, जस्ताको त्यस्तै पास गर्नुपर्ने१,’ प्रचण्डले भने, ‘यदी हामीकहाँ केही कन्सर्न आयो भने त यसलाई परिमार्जन गरेर, संशोधन गरेर लान सकिन्छ भनेर अस्तीको दिन प्रधानमन्त्रीजीले नै बताइसक्नुभएको हो ।’ प्रचण्डले एमसिसी यसअघि दुईपटक संशोधन गरिसकिएको पनि बताए ।