फाल्गुण ११, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै प्रशंसा पाएका मन्त्री गोकुल प्रसाद बाँस्कोटा (राजीनामा दिएका) को कमिशनको अडियो प्रकरण आएपछि यो सरकारको चरित्र के हो ? भन्ने कुरा प्रष्ट भएको टिप्पणी गरेका छन् ।
उनले भने, “त्यत्रो समर्थन पाएका सञ्चारमन्त्रीबाट जुन किसिमबाट नेपाली जनताको स्रोत र साधनमाथिको खुलेआम लुट गर्ने प्रयास भयो, त्यो बाहिर आयो, त्यसले गर्दाखेरि बास्तवमा यो सरकारको चरित्र के हो ? यस्तो सरकारबाट के आशा गर्न सकिन्छ ? भन्ने प्रश्न नेपाली जनतामाझ चड्कारो रुपमा आएको छ ।” उनले बाँस्कोटाको ७० करोड कमिशनको टेप प्रकरण सुन्दा अझै एक अर्ब बढाइदेउन भनेर सुनिएको पनि बताए ।