आज प्रधानमन्त्री ओलीको ६९औं जन्म दिन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन ११, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण ११, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्म दिवस मनाउन तेह्रथुम जाने भएका छन् । आज प्रधानमन्त्री ओलीको ६९औं जन्म दिन हो । यसअगाडि काठमाडौंमै जन्म दिन मनाउँदै आएका थिए । तर, यसपटक पुर्खौली घर तेह्रथुमको आठराई गाउँपालिका–४ (साविकको इवा गाविस–२) तीनसल्ले खानीगाउँ जाने भएका हुन् ।

प्रधानमन्त्री ओली तीनसल्लेमै जन्मेका थिए भने बाल्यकाल पनि त्यही बितेको थियो । पछि झापा बसाइ झरेका ओलीको अहिले भने भक्तपुरमा बसोबास रहिआएको छ । प्रधानमन्त्री ओली आज तेह्रथुम जाने भएपछि जन्मदिनको अवसर पारेर शनिबार नै ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस