फाल्गुण ११, काठमाण्डौ । आजदेखि प्रधानमन्त्री केपी शर्मा ओली ६९ वर्ष लागेका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबार विहान बालुवाटारमा केक पनि काटेका थिए । छोराको जन्मदिन मनाउन प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली पनि बालुवाटार आएका छन् ।
प्रधानमन्त्री ओली आजै पुख्यौली थलो तेह्रथुम जाँदैछन् । प्रधानमन्त्री आउने भएपछि तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।