फाल्गुण ११, तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिन मनाउन उनको पुर्ख्यौली गाउँ तेह्रथुमको आठराईमा आइतवारका लागि सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुका अनुसार आफ्नो ६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री ओली आजै हेलिकोप्टरबाट आठराईको सल्लेस्थित पुर्ख्यौली घर पुग्दैछन् ।
तेह्रथुमबाट बसाइँ सरेर झापा गएपछि विक्री गरेको पुर्ख्यौली घर ओलीले पुन किनेर मर्मत गराइसकेका छन् । प्रधानमन्त्री आउने भएपछि आठराईका विभिन्न चोकमा स्वागतद्वार बनाइएको छ । सल्लेको इवास्थित जन्मघरबाट आइतवार प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।