जन्मघर इवाबाट प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ११, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण ११, काठमाण्डौ । आफ्नो जन्मदिनको अवसर पारेर जन्मथलो आठराई गाउँपालिका–४ इवा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दौंतरी पर्खिरहेका छन् । ओलीले त्यहाँ मदन भण्डारी मार्गको शिलान्यास गर्ने कार्यक्रमको तयारी पूरा भएको छ ।

आठराईको सुकेपोखरीबाट ओलीको जन्मथलो इवा हुँदै जननेता भण्डारीको जन्मस्थान ढुंगेसाँघुबाट ताप्लेजुङको दोभान जोड्ने करिब एक सय किलोमिटर सडकको शिलान्यास गर्दै जन्मदिन पनि मनाउन ओली जन्मघर जान लागेका हुन् ।

नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद लक्ष्मण तिवारीका अनुसार उक्त सडकको सुकेपोखरी–प्रमाणी मावि खण्ड कालोपत्र यही वर्ष सुरु हुने र बाँकी खण्डको निर्माण अगाडि बढाउने तयारी छ । ओलीको जन्मघर इवामा विशेष कार्यक्रम आयोजना गरिएको छ । घिमिरेका अनुसार आठराई क्षेत्रका ७० वर्षभन्दा माथिका चार सय जना ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम पनि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस