फाल्गुण ११, जनकपुर । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ को सरकार परिवर्तन हुने संकेत गरेका छन् । मिथिला मध्यमिकी परिक्रमाको डोला उठाउने कार्यक्रमको अवसरमा आइतबार धनुषा पुगेका अध्यक्ष दाहालले संचारकर्मीसँग कुराकानी गर्दै राजपा नेपालसंगको आन्तरिक गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश २ सरकार फेरिने बताएका हुन ।
अर्को एक प्रसंगमा अध्यक्ष दाहालले अमेरिकी सहयोग नियोग एमसीसी संशोधन र परिमार्जनबिना अनुमोदन हुन नसक्ने स्पष्ट पारे । नेकपा कार्यदलको प्रतिवेदन सचिवालय बैठकमा छलफल भएको भन्दै उहाँले संशोधन र परिमार्जन नगरी एमसीसी अनुमोदन हुनसक्ने बताए ।