फाल्गुण ११, काठमाण्डौ । बिभिन्न घोटालाका मूल दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन मानव अधिकार तथा शान्ति समाजले आइतवार दिउसो माइतिघरमा प्रदर्शन गरेको छ । संसदमा प्रस्तुत बिधेयकहरुमा निहित स्वतन्त्रता बिरोधि प्रावधान हटाउन आग्रह सहित वाईडबडी÷न्यारोबडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै समाजले एक घण्टा प्रदर्शन गरेको थियो ।
तत्कालिन मन्त्री एवं मन्त्रि परिषद्का प्रवक्ता गोकुल बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा गहिराईमा पुगेर छानवीन गरि कारवाही प्रकृया अघि बढाउन शान्ति समाजले आग्रह गरेको छ ।