अब राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन १२, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण १२, काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ । नेकपा सचिवालय बैठकले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

शनिवार प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले कार्यदल गठन गर्ने निर्णय गरेपनि यो निर्णय सार्वजनिक गरेको थिएन । नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा सो कार्यदल गठन भएको हो । राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस