संसद्मा प्रश्नोत्तरको कार्यक्रम : चालू अधिवेशनमा प्रभावकारी हुन सकेन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १२, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फाल्गुण १२, काठमाण्डौ । प्रधानमन्त्री र विभागीय मन्त्रीसँग जवाफ लिन सांसदले दर्ता गरेका प्रश्न करिब सय पुगे पनि प्रश्नोत्तरको कार्यक्रम भने संसद्को चालू अधिवेशनमा प्रभावकारी हुन सकेको छैन । चालू अधिवेशन प्रारम्भ भएको दुई महिना पूरा भए पनि एक मन्त्रीसँग मात्रै प्रश्नोत्तर भएको छ । अधिवेशन प्रारम्भ भएपछि एक महिनासम्म सदन कार्यसूचीमा प्रवेश नगर्दा प्रश्नोत्तरले प्राथमिकता नपाएको हो । सांसदका ९६ वटा प्रश्न अझै प्राथमिकता सूचीमा छन् । यसबीच ऊर्जा मन्त्रालयसँग सम्बन्धित तीन प्रश्नको मात्र जवाफ विभागीय मन्त्रीले दिनुभएको छ ।
प्रतिनिधि सभाको प्रश्न व्यवस्थापन शाखाका अनुसार पाँचौँ अधिवेशनका लागि अहिलेसम्म ९९ प्रश्न दर्ता भएका छन् । जसमध्ये आठ प्रश्न अस्वीकृत भएका छन् । बाँकी ९६ प्रश्नमध्ये तीनवटामा विभागीय मन्त्रीले जवाफ दिए । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सङ्घीय संसद्मा एकपटक मात्र भएको छ ।

प्रश्नोत्तर प्रभावकारी नहुँदा अधिवेशन अन्त्यसँगै लिखित रूपमै जवाफ टेबल गर्ने क्रम बढेको छ । कुनै पनि अधिवेशनमा सबै प्रश्नको प्रत्यक्ष प्रश्नोत्तर भएको छैन । प्रतिनिधि सभा नियमावलीले प्रत्येक बैठकको पहिलो एक घण्टा प्रश्नोत्तर गर्न सकिने व्यवस्था गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस