प्रधानमन्त्रीको ‘बर्थ डे’ मा हेलिकोप्टर र खाना खर्च मात्र ८२ लाख

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १२, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण १२, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्म महोत्सव मनाउँदा हेलिकोप्टर तथा खाना खर्चमा मात्र अनुमानित ८२ लाख खर्च गरिएको छ । प्रम ओलीको जन्मदिनको अवसरमा काठमाडौंदेखि तेह्रथुमसम्म ४ वटा हेली चार्टर र १० हजारलाई खाना खुवाउँदा मात्रै अनुमानित ८२ लाख खर्च भएको हो ।

तेहथुमको आठराईस्थित जन्मघरमा गई प्रधानमन्त्री ओलीले ६९औँ जन्मदिन मनाएका थिए । उनको जन्मदिन मनाउनकै लागि चार वटा हेलिकोप्टर चार्टर गरिएको थियो भने कैयन सरकारी गाडीको दुरुप्रयोग गरिएको थियो । त्यस्तै आठराई गाउँपालिको स्थानीय विदा समेत दिएको थियो । त्यस्तै कर्मचारी तथा विद्यार्थीलाई अनिवार्य उपस्थितिका लागि ह्वीप समेत जारी गरिएको थियो ।

प्रधानमन्त्री ओली जन्मदिन मनाउन परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुई प्रदेश प्रमुख, प्रदेश १ का मुख्यमन्त्री र केही मन्त्रिहरुका साथमा हेलिकोप्टर मार्फत आठराई गाउँपालिका पुगेका थिए । प्रधानमन्त्री ओली तथा धर्मपत्नी राधिका शाक्य नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमा सवार दिए भने उनको केक अल्टिच्युट एयर मार्फत लगिएको थियो । गाउँपालिका अध्यक्ष मानबहादुर लिम्वुले प्रधानमन्त्री ओलीको जन्मदिनका लागि गाउँपालिकाले कुनै खर्च नगरेको बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस