फाल्गुण १२, काठमाडौँ । संविधान संशोधनका लागि नेकपाद्वारा गठित कार्यदलमा बस्न स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटाले अस्वीकार गरेका छन् । सोमबार बिहान सचिवालय सदस्य माधवकुमार नेपालले नेम्वाङ र देवकोटालाई छलफलका लागि बोलाएका थिए । उक्त भेटमा दुवैले कार्यदलमा बस्न असहमति जनाएका हुन् ।
संविधान संशोधन जस्तो कुरा जनतालाई थाहा दिएर गर्नुपर्ने कुरा हो । यो गोप्य राख्ने कुरै होइन । जनतालाई लुकाएर सूचना बाहिरियो भन्नु गलत हो । संविधान संशोधन जस्तो गम्भीर विषयमा अपारदर्शी हुन मिल्दैन । त्यसमा मेरो सहमति छैन, पत्रकारहरुसँगको कुराकानीमा नेम्वाङले भने ।
यस्तै नेता देवकोटाले देशको शासकीय स्वरुप र निर्वाचन प्रणालीको बारेमा छलफलका लागि भनेर सचिवालय सदस्य नेपालको निवासमा गएको बताए ।