फाल्गुण १३, काठमाडौं । गृहमन्त्री रामहादुर थापा बादलले ‘गम्भीर सूचना’ प्राप्त गरेको भन्दै गृह मन्त्रालयमा सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक बोलाए । बैठक डाकेर सुरक्षामा उच्च सतर्क रहन निर्देशन दिएका छन् ।
मंगलबार गृह मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुको बैठक राखेर मन्त्री थापाले सो निर्देशन दिएका हुन् । गृहमन्त्री थापाले पाएको गम्भीर सूचनाको विस्तृत विवरण भने खुलाएका छैनन् । बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी कार्यालयका प्रमुखको उपस्थिति थियो ।