नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ फागुन २१ मा हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १३, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फाल्गुण १३, काठमाण्डौ । राष्ट्रिय सभा सदस्यहरूको शपथ कार्यक्रम आगामी फागुन २१ गते हुने भएको छ । गत माघ ९ गते सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूको शपथ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गराउने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा १ घण्टाअगाडि नै राष्ट्रिय पोशाक अथवा आफ्नो पहिचान झल्कने औपचारिक पोशाक लगाएर उपस्थित हुन पनि सचिवालयले अनुरोध गरेको छ । यदि निर्वाचित सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा उक्त मातृभाषामा अनुवाद गरिएको शपथको एक प्रति तीन दिनअगाडि नै सचिवालयमा बुझाउनुपर्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस