रेणु यादवको टिमबाट डा. यादव रिङ आउट !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ११, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख ११,काठमाडौँ । समाजवादीका नेता डा. सुरेन्द्र यादव समाजवादी पार्टी फुटाउन नहुने निष्कर्षमा पुगेका छन् । मध्यराती काठमाडौँ आईपुगेका यादव होटल मेरियटमा समाजवादीकी नेतृ रेणु यादव, विमल श्रीवास्तव,उमाशंकर,रेणुका गुरुङसंगै रहेतापनि बिहान टिमबाट बाहिरिएको बुझिएको छ । डा यादव निस्किएपछि अन्य सदस्य अप्ठ्यारोमा परेको बुझिएको छ ।

समाजवादीका सांसदहरुसँग कुरा गर्न अशोक राई विहानै होटल गएका थिए। उनीहरु सरकारी सहयोगमा एकिकरण भएको नयाँ दल दर्ता गर्नु भन्दा अघी गएर फुटाएको दल दर्ता गर्न लागिपरेहका छन्। तर यादवको वहिर्गमनले सो पार्टी फुटाउने प्रयास सफल नहुने संकेत देखिएको छ। राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भइसकेको छ।

दुई पार्टी एकता भएपछि नाम ‘जनता समाजवादी’राखिएको छ। एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङको बीचमा तारा हुने सहमति भएको छ भने चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ।

लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो। पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस