प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता: प्रधानमन्त्री दिनभरी आन्तरिक छलफलमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ११, बिहिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

बैशाख ११,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र (नेपाल कम्युनिष्ट पार्टी) नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको स्रोतले बताएको छ । छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् । छलफलमा प्रधानमन्त्री ओलीले पनि अध्यादेश फिर्ता  लिन तयार रहेको बुझिएको छ ।

दुई अध्यक्षबीच १ घण्टाभन्दा बढी समय छलफल भएको थियो। यसैबीच प्रधानमन्त्री ओलीले सांसदहरूसँगको छलफललाई स्थगित गरेका छन्। प्रधानमन्त्री आज दिनभरी पार्टीका नेताहरुसंग आन्तरिक छलफलमा रहने स्रोतले बताएको छ ।

बुधबार उनले सुदूरपश्चिम प्रदेश,बागमती प्रदेश र प्रदेश १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका थिए।

छलफल गर्न बाँकी संसदहरूसँग अर्को दिन छलफल गर्ने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस