अध्यादेश खारेजपछि बालुवाटारमा ओली, प्रचण्ड र देउवाको सरप्राइज भेट !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १२, शुक्रबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

बैशाख १२,काठमाडौँ । विवादास्पद अध्यादेश खारेज भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । ओली र देउवाबीच छुट्टै भेटवार्ता भएपछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सो छलफलमा सहभागी भएका हुन ।

छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । ‘एक घण्टा द्विपक्षीय छलफल भएपछि अहिले अर्का अध्यक्ष प्रचण्डसहित त्रिपक्षीय छलफल भइरहेको छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने । कोरोना भाइरसको संक्रमणविरुद्ध सबै मिलेर अगाडि बढ्नेबारे छलफल भएको थापाले बताए ।

यद्यपी अध्यादेश फिर्ता लिएर मात्रै नपुग्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताइसकेको छ । यसबारे आगामी दिनमा संसदमा बहस गरिने कांग्रेस नेता गगन थापाले यसअघि नै बताएका छन । उता त्रिपक्षिय भेट भएपनि नेकपामा स्थायी समितीको बैठक राख्न नेताहरुले पत्र पठाएका छन । ओलीले सम्भावित थप विवादबाट बच्न यो सरप्राइन भेट गरेको विश्लेषकहरु बताउछन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस